आइतबार, कार्तिक १६ गते २०८३
images
images

राप्रपा बैतडीका दुवै क्षेत्रको नेतृत्व चयन

एक्सप्रेस पाना
आश्विन १८, २०७८ सोमबार
  • 278
    SHARES
  • राप्रपा बैतडीका दुवै क्षेत्रको नेतृत्व चयन

    असोज १८ बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले जिल्लाका दुईटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट नेतृत्वको टुंगो लगाएको जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टले जानकारी दिए । 

    images

    जसअनुसार प्रदेश क्षेत्र नम्बर (क)मा रणबहादुर बिष्टको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरिएको  छ । समितिको उपाध्यक्षमा राधिका लोहार, मन्दरा धामी र प्रकाश बोहरा चयन भएका छन् । यसैगरी सचिवमा लक्ष्मी पन्त, कोषाध्यक्षमा गंगा घरडी तथा सह–सचिवमा धनबहादुर चन्द चयन भएका छन् । । 

    यस्तै क्षेत्र नम्बर (ख)मा अशोक सिंह साउदको अध्यक्षतामा २५ सदस्यीय समिति चयन भएको छ । समितिको उपाध्यक्षमा बिर्मा भट्ट, सचिवमा कृष्ण नाथ, कोषाध्यक्षमा दमयन्ती भण्डारी, सह–सचिवमा अर्जुन सिंह नेगी चयन छन् । अन्य सदस्यहरु रहेका छन् । 

    images

    अहिले राप्रपामा युवाहरुको आकर्षण बढेको अध्यक्ष भट्टको दाबी छ । विगतमा राप्रपा बुढाहरुको पार्टी भन्नेहरुलाई कार्यक्रम हेर्न आउन उनले आग्रह गरे ।
    अन्य पार्टीमा समावेशी समिति नबनाइए पनि आफ्नो पार्टीमा भने सबै पदमा समावेशी नेतृत्व चयन गरेको उनको भनाइ छ ।

    कार्यक्रममा पूर्वमन्त्री जयन्त चन्द, केन्द्रीय कोषाध्यक्ष गणेश चन्द, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य गणेश बिष्ट लगायतका नेता कार्यकर्ताको सहभागिता थियो । राप्रपा बैतडीको जिल्ला अधिवेशन २० असोजमा सम्पन्न हुनेछ ।