आइतबार, भाद्र २८ गते २०८३
images

बाढीले घर भत्काउँदा मुम्बईमा २५ को मृत्यु

एक्सप्रेस पाना
श्रावण ३, २०७८ आइतबार
  • 497
    SHARES
  • बाढीले घर भत्काउँदा मुम्बईमा २५ को मृत्यु

    भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । 

    images

    अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो । बाढीले धेरै भौतिक संरचनामा क्षति पु¥याएको छ । 

    भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् ।  

    images

    बाढीले रेल सेवालगायतका यातायात सेवा समेत अवरुद्ध हुँदा हजाराँै मानिस अलपत्र परेको पाइएको छ । 

    बाढीका कारण भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । अरूको अन्य ठाउँमा मृत्यु भएको हो । 

    मुम्बइको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउसो १ बजे घटना भएको हो । घटनामा परी अरु सात जना घाइते समेत भएका छन् । उनीहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।  रासस