आइतबार, भाद्र २८ गते २०८३
images

डेंगी संक्रमणका कारण चितवनमा एकजनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र १७, २०८१ सोमबार
  • 244
    SHARES
  • डेंगी संक्रमणका कारण चितवनमा एकजनाको मृत्यु

    काठमाडौं । डेंगी संक्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष छन् ।
     
    चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका अधिकृत विमल पटेलले जनाकारी दिए । उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।
       
    जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७२७ जनामा डेंगीको संक्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५३२ जना चितवनका र अन्य जिल्लाका छन् ।

  • सम्बन्धित विषय:

  • # डेंगी संक्रमण