काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री प्रसाद पाण्डे र नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीबिच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको संस्कृति,पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा छलफल भएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ।
छलफलका क्रममा विश्वकै उत्कृष्ट भनिएको कतार एयरवेजले अवलम्बन गरेका रणनीति र नेपाल एयरलाइन्सले अनुसरण गनुपर्ने विषयमा समेत छलफल भएको थियो।
.jpg)


