काठमाडौं । नेपाल र श्रीलंका डेभलभमेन्ट–११ बीचको दोस्रो एकदिवसीय अभ्यास खेल पनि रद्द भएको छ ।
बुधबार बिहान सवा १० बजेका लागि तय गरिएको खेल भारी वर्षाका कारण टससमेत हुन नपाइ खेल रद्द भएको हो ।
पहिलो एकदिवसीय खेल पनि वर्षाका कारण रद्द भएको थियो । अब नेपालले श्रीलंका डेभलभमेन्ट–११ सँग अन्तिम तथा तेस्रो एकदिवसीय अभ्यास खेल शुक्रबार खेल्ने तालिका छ ।
नेपाली टिम क्यानडामा हुने विश्वकप लिग–२ को सिरिजअघि श्रीलंकामा अभ्यास गरिरहेको हो ।


