आइतबार, कार्तिक १६ गते २०८३
images
images

निर्मला पन्तको हत्या र बलात्कार घटनाको अनुसन्धान जारी छ :गृहमन्त्री लेखक

एक्सप्रेस पाना
भाद्र २०, २०८१ बिहीबार
  • 256
    SHARES
  • निर्मला पन्तको हत्या र बलात्कार घटनाको अनुसन्धान जारी छ :गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या र बलात्कार घटनालाई आफूले गम्भिर रुपमा लिएको बताएका छन्।

    images

    बिहिबार नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धान जारी रहेको बताएका हुन् ।

    उनले निर्मला प्रकरणको घटनालाई  थप गम्भीरता र थप सुक्ष्म ढंगले अनुसन्धान गर्ने कुरा अगाडि बढाइएको उल्लेख गरे । 

    images

    गृहमन्त्री लेखकले भने,‘निर्मला प्रकरणको अनुसन्धान जारी छ। थप गम्भीरता र थप सुक्ष्म ढंगले अनुसन्धान गर्ने कुरा अगाडि बढाइन्छ,’ । ‘म कसैलाई दोष दिने पक्षमा छैन। अहिले यस्तो भइसक्यो त्यस्तो भइसक्यो भनेर भन्न उचित हुँदैन जस्तो लाग्छ।’ 

    त्यसैगरी उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री रमेश लेखक
  • # निर्मला पन्त