आइतबार, कार्तिक १६ गते २०८३
images
images

पशुपतिमा हरितालिका तीजको तयारी अन्तिम चरणमा,बिहान ३ बजेदेखि चारै ढोका खोल्ने

एक्सप्रेस पाना
भाद्र २०, २०८१ बिहीबार
  • 311
    SHARES
  • पशुपतिमा हरितालिका तीजको तयारी अन्तिम चरणमा,बिहान ३ बजेदेखि चारै ढोका खोल्ने

    काठमाडौं । हरितालिका तीजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

    images

    शुक्रबार नेपालीहरू महिलाहरूले हर्षोल्लासपूर्वक तीज पर्व मनाउने गर्छन्। जसका लागि महादेव पशुपतिनाथको मन्दिरमा तयारी अन्तिम चरणमा पुगेको क्षेत्र विकास कोसले जनाएको छ।

    बिहीबार पशुपति क्षेत्र विकास कोषले  आयोजना गरे पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले तिजका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था, दर्शन मागको व्यवस्थापन अन्तिम चरणमा पुगेको  जानकारी गराए। 

    images

    उनले भगवान श्रीपशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरूको सुविधाका गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वानकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मुल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण वृत्ता चप्पलकक्षबाट जत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको बताए। 

    त्यस्तै मित्रपार्क, जयबागेश्वरी–गौशाला–भुवनेश्वरी–शकराचार्यमठ दक्षिण हुदै फलामेपुल–पश्चिम सानो डोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ता चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको सदस्यसचिव डा। मिलनकुमार थापाले जानकारी दिए।


    पिङ्गलास्थानबाट बनकाली, चारशिवालय–पञ्चदेवलपूर्व–बजघर–दक्षिण ढोकासम्मको लाइनलाई चौसट्टी सानोढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिणढीका हुदै बाहिरिने र पञ्चदेवल पूर्वदक्षिण निमर्माण गरिएको जुत्ता–चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको उनको भनाइ छ।

    तिलगंगा राममन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पल सरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको छ।

    उनले दर्शननार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने व्यवस्था मिलाइएको बताए। पशुपतिनाथको मन्दिर श्रीयन्त्र पूजा र महाभोग गोप्य पूजाको बेलामा समेत सकेसम्म जाली राखी बाहिरबाट दर्शन गर्न सक्नेगरी व्यवस्थापन मिलाइएको छ।

    दर्शन गरेर फर्कंदा पशुपति मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि भगवान श्रीपशुपतिनाथको चन्दन पश्चिमहाका बाहिर सानो सदावतं सत्तल अगाडी साथै पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड दक्षिणामूर्ति, तिलगंगा चनकाली, गौशाला, जयबागेश्वरीमा समेत चन्दन वितरणको व्यवस्था मिलाइने उनले जानकारी दिए। 

    पर्यटक प्रवेश शुल्क तिरेर टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा ९मन्दिर प्राङ्गण बाहेक० अवलोकन भ्रमण गर्न दिने व्यवस्था मिलाइने बताए।

  • सम्बन्धित विषय:

  • # पशुपति मन्दिर