आइतबार, भाद्र २८ गते २०८३
images

कति छ आज विदेशी मुद्राहरुको विनिमय दर ?

एक्सप्रेस पाना
भाद्र २३, २०८१ आइतबार
  • 215
    SHARES
  • कति छ आज विदेशी मुद्राहरुको विनिमय दर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

    images

    राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

    त्यसैगरी आज यूरो एकको खरिददर १४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५० पैसा कायम भएको छ भने बेलायती पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ।

    images

    आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा निर्धारण भएको छ भने  साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा कायम भएको छ। 

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा