आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज प्रतिनिधिसभाको बैठक बस्दै

एक्सप्रेस पाना
भाद्र २४, २०८१ सोमबार
  • 286
    SHARES
  • आज प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक अपराहन्न १ बजेका लागि बोलाइएको छ ।

    images

    बैठकमा समितिको प्रतिवेदन पेश गर्ने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका माननीय सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने कार्यसूची रहेको छ ।

    images

    त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथी छलफल गरियोस्“ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने ’नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक