बुधबार, भाद्र २४ गते २०८३
images

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा बिशेष छुट

एक्सप्रेस पाना
भाद्र २५, २०८१ मंगलबार
  • 394
    SHARES
  • प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा बिशेष छुट

    काठमाडौं । प्रभु बैंक र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबिच छुटसम्बन्धी सम्झौता भएको छ । 

    images

    प्रभु बैंकका ग्राहक तथा कर्मचारीले काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालका सेवामा बिशेष छुट पाउनेछन् । ब्लु क्रसका सदस्यसचिव रजत श्रेष्ठ र प्रभु बैंकको वाग्मती प्रदेश क्षेत्र नम्बर १ का प्रमुख दीपेन्द्रबाबु विष्टले सम्झौतापत्रमा हस्ताक्षर गरका हुन् ।

    सम्झौताअनुसार प्रभु बैंकका सबै ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले ब्लु क्रसमा अन्तरंग तथा बहिरंग सेवा, ओपीडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायत सेवामा ५०० देखि १२ सय रुपैयाँसम्म छुट प्राप्त गर्ने अस्पतालले जनाएको छ ।

    images

    छुट सुविधा प्राप्त गर्न प्रभु बैंकका डेबिट, क्रेडिट, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

    ‘बैंक अफ दी इयर २०२३’ उपाधि पाएको प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालय छन् ।

  • सम्बन्धित विषय:

  • # प्रभु बैंक
  • # ब्लु क्रस अस्पताल