बुधबार, भाद्र २४ गते २०८३
images

ह्यारिसले नोभेम्बरमा राष्ट्रपती चुनाव जितिन् भने तेस्रो विश्वयुद्ध हुने सम्भावना छ :डोनाल्ड ट्रम्प

एक्सप्रेस पाना
भाद्र २६, २०८१ बुधबार
  • 237
    SHARES
  • ह्यारिसले नोभेम्बरमा राष्ट्रपती चुनाव जितिन् भने तेस्रो विश्वयुद्ध हुने सम्भावना छ :डोनाल्ड ट्रम्प

    काठमाडौं । अमेरिकी राष्ट्रपती चुनावको बहसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस आमने सामने भएका छन् । 

    images

    नेपाली समयअनुसार बुधबार बिहान करिब ९० मिनेटसम्म चलेको राष्ट्रपती बहसको क्रममा ट्रम्प र कमलाले एक-अर्काको चर्को आलोचना गर्नुका साथै रुस-युक्रेन युद्ध, इजरायल-प्यालेस्टाइन युद्ध, रुसी राष्ट्रपति,अर्थतन्त्र लगायतका विषयमा आफ्नो मत राखेका थिए ।

    कमलाले मुख्यतः अमेरिकाको भविष्यलाई लिएर आफ्नो मत प्रकट गरेकी थिइन भने ट्रम्पले ह्यारिसको नीतिको कुनै अर्थ नभएको भन्दै उनले उपराष्ट्रपति भएर पनि केही हासिल गर्न नसकेको टिप्पणी गरे। 

    images

    ट्रम्पले भने,"हाम्रो देश विनाशको बाटोमा छ, सारा संसार हामीलाई हेरेर हाँसिरहेको छ। ह्यारिसले नोभेम्बरमा चुनाव जितिन् भने तेस्रो विश्वयुद्ध हुने सम्भावना छ।"

    बहसमा इजरायल र प्यालिस्टाइनबीचको युद्धका बारेमा पनि कुरा उठेको थियो ।

    कमलाले भनिन्, "इजरायलको आफ्नै सुरक्षाको अधिकार छ, तर इजरायलले यो कसरी गरिरहेको छ भन्ने कुरा पनि महत्त्वपूर्ण छ।’ ‘यो युद्ध तुरुन्तै समाप्त हुनुपर्छ।’"

    यता ट्रम्पले आफू राष्ट्रपति भएको भए यो द्वन्द्व सुरु नै नहुने दाबी गरे । ट्रम्पले भने, "ह्यारिस इजरायललाई घृणा गर्छिन्। यदि ह्यारिस राष्ट्रपति बनिन् भने इजरायल दुई वर्षमा अस्तित्वमा रहनेछैन।’‘म यो समस्या छिट्टै समाधान गर्छु ।’" ट्रम्पले आफू पुनः निर्वाचित भएमा रुस र युक्रेनबिचको युद्ध अन्त्य गर्ने पनि बताए ।

    अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ। जसमा डेमोक्र्याटिक पार्टीबाट कमला ह्यारिस र रिपब्लिकनबाट डोनाल्ड ट्रम्प उम्मेदवार छन्। 

  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प
  • # कमला ह्यारिस
  • # अमेरिकी राष्ट्रपती चुनाव