काठमाडौं । माओवादी केन्द्रको अवरोधपछि बुधबार बसेको प्रतिनिधिसभाको बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएको भन्दै माओवादीले संसद अवरुद्ध गरेपछी सभामुखले बैठक भदौ ३० गतेसम्मका लागी स्थगित गरेका हुन् ।
सभामुखले पटक पटक बैठक सञ्चालनमा आग्रह गरेपनि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र सत्तापक्ष नेकपा एमालेबिच चर्काचर्की परेपछि सभामुखले बैठक स्थगित गरे ।
.jpg)


