मंगलबार, भाद्र २३ गते २०८३
images

साल्ट ट्रेडिङ कर्पोरेशन ६२औं वर्षमा प्रवेश

एक्सप्रेस पाना
भाद्र २७, २०८१ बिहीबार
  • 308
    SHARES
  • साल्ट ट्रेडिङ कर्पोरेशन ६२औं वर्षमा प्रवेश

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२औं वर्षमा प्रवेश गरेको छ । उपभोग्य वस्तु र रासायनिक मललगायतका वस्तुको कारोबार गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेशन बिहीबारबाट ६१ वर्ष पुरा गर्दै ६२औं वर्षमा प्रवेश गरेको हो ।

    images

    स्थापना दिवसको अवसरमा कम्पनीले आयोजना गरेको समारोहमा बोल्दै कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले अब कारोबार र सेवा क्षेत्र झनै विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । 

    उनले कर्पोरेशनले आफ्नो सेवा प्रारम्भ गर्दादेखि नै सुपथ मूल्य, गुणस्तरीयता एवं सर्व सुलभतालाई मूलमन्त्रको रूपमा लिँदै त्यही मूल्य-मान्यताअनुसार आम उपभोक्ताको लागि सेवा प्रवाह गर्दै आएको बताइन् । 

    images

    उनले भनिन्,‘हामीलाई विश्वास गरी थप दायित्व प्रदान गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दछौं । यो विश्वासले हामीलाई थप सेवा प्रवाहमा हौसला प्राप्त भएको छ,’ । ‘कर्पोरेशनले आम उपभोक्ताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्याससमेत सामान्य अवस्थामा आफ्नै आउटलेटबाट र असामान्य अवस्थामा उपभोक्ताको घरदैलोसम्म पुऱ्याएर भए पनि सेवाप्रवाहलाई निरन्तरता दिएको छ ।’

    समारोहलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कर्पोरेशनले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको बताए । उनले कर्पोरेशनले आफ्नो मूल्य र मान्यतालाई कायम राखेर उपभोक्तालाई सेवा दिइरहेको समेत बताए ।।

    त्यस्तै, कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रूपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन हर प्रयासले आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको बताए ।

    वार्षिकोत्सवको अवसरमा कर्पोरेशनले उत्कृष्ट सेवा दिने कर्मचारीहरूलाई प्रशंसापत्र र एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका छोरारछोरीहरूलाई छात्रवृत्तिसमेत प्रदान गरेको छ । उक्त समारोहमा बालबालिकाहरूको संरक्षणमा सक्रिय संस्थाहरूलाई बालहितकारी पुरस्कारसमेत प्रदान गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # साल्ट ट्रेडिङ कर्पोरेशन