शनिबार, भाद्र २७ गते २०८३
images

वीर अस्पतालमा पुन:सुरु भयो जलनको उपचार

एक्सप्रेस पाना
भाद्र २८, २०८१ शुक्रबार
  • 286
    SHARES
  • वीर अस्पतालमा पुन:सुरु भयो जलनको उपचार

    काठमाडौं । काठमाडौंको वीर अस्पतालमा जलन उपचार सेवा सुरू भएको छ।

    images

    शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गरिएको हो।

    मन्‍त्री पौडेलले जलनका बिरामीलाई सरकारले एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने पनि बताए।

    images

    सरकारले क्यान्सर, मिर्गौलालगायतका प्राणघातक रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। अब जलनका बिरामीका लागि पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलको प्रतिबद्धता थियो।

    उनले भने,‘आम नागरिकले जलन उपचारका निम्ति सुविधा पाउने एउटा स्थिति वीर अस्पतालमा बनेको छ। खासगरी बाहिरबाट हेर्दा जलन उपचार नपाएर, उपचार गर्न नसकेर मृत्यु हुने थुप्रै हुनुहुन्छ। यसको उपचारलाई प्राथमिकतामा राखिनुपर्छ भनेर हामीले अर्थ मन्त्रालयलाई लेखेर पठायौं तर प्रस्ताव स्वीकृत भइसकेको छैन,’ ।‘ अर्थमन्त्रीज्युले यसको उपचारको निम्ति डेडिकेटेड सरकारी अस्पताल पहिला हुनुपर्‍यो, त्यसपछि हामी त्यसमा काम गर्छौ भन्नु भएको छ।’

  • सम्बन्धित विषय:

  • # वीर अस्पताल
  • # जलन