बुधबार, भाद्र २४ गते २०८३
images

नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न महामन्त्री थापाको आग्रह

एक्सप्रेस पाना
भाद्र २८, २०८१ शुक्रबार
  • 313
    SHARES
  • नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न महामन्त्री थापाको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।

    images

    आमरण अनशनमा बसेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसँगको भेटपछि महामन्त्री थापाले उक्त सड्क खण्ड समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गरेका हुन् । 

    महामन्त्री थापाले गाउँपालिकाका अध्यक्ष यादवको मागलाई सरकारले तत्काल सम्बोधन गरी हुलाकी राजमार्ग निर्माणमा संलग्न निर्माण व्यवसायीलाई तत्काल काम सुरु गर्न दबाब दिनुपर्ने बताए । 

    images

    उनले भने ‘नारायणगढ–बुटवल र हुलाकी राजमार्गमा यात्रा गर्न निकै सकस छ । यसतर्फ सरकारको ध्यान जाओस ।’

    सो अवसरुमा गाउँपालिकाका अध्यक्ष यादवले जनताले हुलाकी राजमार्गमा यात्रा गर्दा सस्ती खेप्नुपरेको उल्लेख गर्दै समयमै सडक निर्माण सम्पन्न गर्न पहल नहुँदा अनशनमा बस्नुपरेको बताए ।

     

  • सम्बन्धित विषय:

  • # गगनकुमार थापा
  • # नारायणगढ–बुटवल सडक