काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कुनै प्रयास नभएको बताएका छन् ।
आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरे संगको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले यस्तो बताउका हुन् । उनले रास्वपा र माओवादी केन्द्र आफैँले संसद्मा यो विषय उठाएपछि आफूहरूले प्रतिवाद गरेका हौं ।
"बेमौसमी ढंगबाट, रास्वपा र प्रमुख प्रतिपक्षीको तर्फबाट जसरी उपसभामुखको मसला बनाउनुभयो, यो दुःखद छ,’ उनले भने। ‘कुनै विषय अगाडि बढाउन खोजिएकै छैन र थिएन, रास्वपाका प्रमुख सचेतकले सरकारलाई हिलो छ्याप्न खोज्नुभयो। प्रतिपक्षी दलबाट पनि बोल्ने काम भएपछि हाम्रो तर्फबाट पनि प्रतिवाद भएको हो,"।
उपसभामुखबाट कमजोरी भएको भएपनि अहिले आफूहरूले उठाउन नखोजेको बर्तौलाले जिकिर गरे।
.jpg)


