आइतबार, कार्तिक १६ गते २०८३
images
images

संसदमा प्रतिवेदन पेस गर्दै सहकारी छानबिन विशेष समिति

एक्सप्रेस पाना
भाद्र ३१, २०८१ सोमबार
  • 218
    SHARES
  • संसदमा प्रतिवेदन पेस गर्दै सहकारी छानबिन विशेष समिति

    काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन संसद्मा पेस गर्दैछ ।

    images

    सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्य थापाले प्रतिवेदन पेस गर्न लागेका हुन् ।

    गत जेठ १५ गते गठन भएको संसदीय विशेष छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । सुरूमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो । 

    images

    समितिले शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो। समितले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगी भएका भनिएका सहकारीका वर्तमान र पूर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरूसँग गरी ६३ वटा बैठक गरेको थियो । 

    समितिमा एमाले सांसद सूर्य थापा संयोजक रहेका थिए भने एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे, दिलेन्द्रप्रसाद बडू र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । कांग्रेसका बद्री पाण्डे मन्त्री बनेपछि बडूले समितिको सदस्यको रूपमा काम गरेका हुन् ।

     

     

  • सम्बन्धित विषय:

  • # सहकारी छानबिन विशेष समिति
  • # रकम दुरुपयोग