आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा संसदको अधिवेशन अन्त्य

एक्सप्रेस पाना
भाद्र ३१, २०८१ सोमबार
  • 347
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा संसदको  अधिवेशन अन्त्य

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राति १२ बजेदेखि संघीय संसदको दुबै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।

    images

    राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा सोमबार दिउँसो अधिवेशन अन्त्य गरेका हुन्।

    आइतबार बसेको मन्त्रिपरिषदको बैठकले राष्‍ट्रपतिसमक्ष दुबै अधिवेशन अन्त्यको सिफारिस गरेका थिए। 

    images

    “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/५/३० को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत् २०६१ साल भदौ ३१ गते सोमबार राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

    adsfg-1726473627.jpg

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति रामचन्द्र पौडेल