आइतबार, कार्तिक १६ गते २०८३
images
images

तालिवानले १३ सर्वसाधारणको हत्या गरेः एम्नेस्टी 

एक्सप्रेस पाना
आश्विन १९, २०७८ मंगलबार
  • 263
    SHARES
  • तालिवानले १३ सर्वसाधारणको हत्या गरेः एम्नेस्टी 

    एजेन्सी । तालिवानले अफगानिस्तानमा अल्पसंख्यक हजरा समुदायका १३ सर्वसाधारणको हत्या गरेका छन् । मध्य देकुन्दी प्रान्तमा तालिवानले उनीहरुको हत्या गरेको अधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । मारिनेमा १७ वर्षीया किशोरी पनि छन् ।

    images

    ३० अगस्टमा करिब ३०० तालिवान लडाकु खिद्र जिल्ला प्रवेश गरी अफगान नेसनल सेक्युरिटी फोर्स (एएनएसएफ) का पूर्व सदस्यको हत्या गरेका थिए । मारिएकामध्ये नौ जनाको शव नदीमा फालिएको थियो । आत्मसमर्पणपछि उनीहरुको हत्या भएको अधिकारवादी समूहले जनाएको छ ।

    तालिवानले अफगान सेनालाई आक्रमण गर्ने क्रममा सर्वसाधरणको पनि हत्या गरेको हो । मारिनेमध्ये अधिकांश २४ देखि ४६ वर्षका छन् । सन् १९९६ देखि २००१ मा सत्तामा हुँदा तालिवानले हजरा समुदायका निर्दोष व्यक्तिको हत्या गरेको थियो ।न्युज कारखाना 

    images

    तालिवानले हजरा समुदायका निर्दोष व्यक्तिलाई हत्या गरेको यो दोस्रो पटक हो । यसअघि काबुल कब्जा गर्नुअघि गत जुनमा गजनी प्रान्तमा तालिवानले नौ जनाको हत्या गरेको थियो । उनीहरू सबै हजरा समुदायका व्यक्ति थिए ।