काठमाडौं । बुद्ध एयरले आजदेखि भारतको बनारसको लागि तेस्रो उडान थपेको छ।
कम्पनीका अनुसार साताको सोमबार र शुक्रबार उडान गरिरहेको बुद्धले अब सातामा तीन उडान गर्ने भएको हो । बुद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले बनारस, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडेज प्याकेज पनि उपलब्ध गराएको छ।
साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप सहयोग पुग्ने बताइएको छ । बुद्धको उडानबाट बनारस ५० मिनेटमै पुग्न सकिन्छ। काठमाडौंबाट बनारस सुरूवाती एकतर्फी भाडा ११ हजार तीन सय ६० रूपैयाँ छ। उडान समय काठमाडौंबाट बिहान ७ः१५ तथा बनारसबाट बिहान ८ः३० बजे छ।
.jpg)


