काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंककाअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २० पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा थियो।
त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४९ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ७४ पैसा कायम भएको छ भने बेलायती पाउण्ड एकको खरिददर एक सय ७७ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ भने साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा कायम भएको छ।
त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९१ पैसा कायम भएको छ।


