काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन स्थगित भएको छ ।
केन्द्रीय निर्वाचन समितिले शुक्रबार सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । महासंघको यही असोज १२ गते मतदान गर्ने कार्यतालिका थियो । त्यसका असोज ४ गते अर्थात आजको लागि तय भएको उम्मेदवार मनोनयन कार्यक्रम पनि अर्को सूचना जारी नभए सम्मको लागि स्थगित गरिएको छ ।
समितिले भनेको छ, ‘नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा, संस्थागत शाखाको २०८१ साल असोज १२ गते तोकिएको निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको विदितै छ ।निर्वाचनको कार्यक्रम अन्तरगत उम्मेदवारको मनोनयन दर्ता गर्नको लागि २०८१ असोज ०४ गते मिति तोकिएकोमा नेपाल पत्रकार महासङ्घबाट प्राप्त पत्र अनुसार २०८१ असोज ०४ गतेको उम्मेदवारको मनोनयन दर्ता लगायतका कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभए सम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ ।’
नेपाल पत्रकार महासङ्घले तोकेको मिति र समयमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको निर्वाचन समितिले उल्लेख गरेको छ ।
.jpg)


