आइतबार, कार्तिक १६ गते २०८३
images
images

घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी

एक्सप्रेस पाना
आश्विन ४, २०८१ शुक्रबार
  • 322
    SHARES
  • घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी

    काठमाडौं । काठमाडौँ उपत्यका वासीले घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् ।

    images

    काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

    दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । 

    images

    वर्खा याम सुरु भएसँगै धमिलो पानी आउन थालेपछि र बाढीले क्षती गर्ने भएका कारण काठमाडौँ उपत्यकामा गत असार १० गतेदेखि मेलम्चीको पानी ल्याउन बन्द गरिएको थियो । बाढीको सम्भावना कम भएसँगै काठमाडौँमा पानी बितरण गर्ने योजना गरिएको हो । 

    काठमाडौँ उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मेलम्चीको पानी
  • # घटस्थापना