बुधबार, भाद्र २४ गते २०८३
images

माल्दिभ्समा सम्पन्न काभा महिला भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई

एक्सप्रेस पाना
आश्विन ६, २०८१ आइतबार
  • 267
    SHARES
  • माल्दिभ्समा सम्पन्न काभा महिला भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई

    काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब च्याम्पियनसिपको उपाधि उचालेको छ। 

    images

    शनिबार राति भएको फाइनलमा उज्वेकिस्तानको हुमो भीसीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लबले उपाधि उचालेको हो। 

    पुलिस क्लबले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले सहजै आफ्नो पक्षमा पार्यो। 

    images

    यसअघि लिग चरणमा भएको पहिलो खेलमा हुमोलाई सोझो सेटमा पराजित गर्दै पुलिस क्लबले च्याम्पियनसिपको यात्रा सुरु गरेको हो। 

    पुलिस क्लबले नेपालको लिग विजेताका रुपमा च्याम्पियनसिपमा भाग लिएको थियो। च्याम्पियनसिपका लागि पुलिस क्लबले राष्ट्रिय टोली तथा एपीएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यू डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो।

  • सम्बन्धित विषय:

  • # नेपाल पुलिस क्लब