शनिबार, भाद्र २७ गते २०८३
images

प्राथमिकताका साथ सोमबारदेखि जोन्सोन खोप अभियान सुुरु 

एक्सप्रेस पाना
श्रावण ४, २०७८ सोमबार
  • 398
    SHARES
  • प्राथमिकताका साथ सोमबारदेखि जोन्सोन खोप अभियान सुुरु 

    काठमाडौं ।  प्राथमिकताका साथ सोमबारदेखि जोन्सोन खोप अभियान सुुरु हुुने भएको छ । सरकारले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभरका सबैजसो जिल्लामा जोन्सोन खोप अभियान सुरु गर्ने भएको हो । खोप अभियानको पहिलो तथा दोस्रो दिन ५३ देखि ५४ वर्ष उमेर समूहभित्रका व्यक्तिहरू, पूर्ण र अति अशक्त अर्थात अपांगताको क र ख वर्ग रहेका व्यक्ति, हाल नेपालमा बसोवास गरिरहेका शरणर्थी, सफाइकर्मी तथा स्वास्थ्यकर्मी रहनेछन्।

    images

    साथै यसअघि छुटेका तोकिएका समूहका व्यक्तिलाई पनि खोप दिइने छ। खोप अभियानको लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाले खोप केन्द्र तोकिइसकेका छन्। खोप पुग्न बाँकी रहेका कतिपय दुर्गम ठाउँबाहेक धेरैजसो जिल्लामा सोमबारदेखि नै खोप अभियान सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    खोप अभियानको पहिलो दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी खोप केन्द्रमा स्थलगत अध्ययन भ्रमण गर्ने कार्यक्रम रहेको प्रवक्ता पौडेलले जानकारी दिए। यो अभियानमा जोन्सोन एण्ड जोन्सोनको ज्याक्सन खोप एक डोज मात्र लगाए पुग्नेछ।

    images

    गत साता कोभ्याक्सअन्तर्गत १६ लाख ३४ हजार डोज खोप अमेरिकाबाट नेपाल आइपुगेको हो। सबैजसो जिल्लामा खोप पुगिसेको मन्त्रालयले जनाएको छ। यो महिनाभित्र चीनबाट थप ३० लाख डोज भेरोसेलको खोप आउनेक्रममा रहेको छ।

    यो खोप नेपालले चीनबाट खरिद प्रक्रियाअन्तर्गत ल्याउन लागेको हो। केही दिनमै जापानले अष्ट्रजेनिका खोप १६ लाख खोप आइपुग्ने क्रममा रहेकोले सो खोप आउनबित्तिकै कोभिडसिल्डको पहिलो डोज खोप लगाई दोस्रो डोज लगाउन नपाएकालाई दिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।