आइतबार, कार्तिक १६ गते २०८३
images
images

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाद्वारा विश्व समुदायको ध्यानाकर्षण

एक्सप्रेस पाना
आश्विन ८, २०८१ मंगलबार
  • 365
    SHARES
  • विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाद्वारा विश्व समुदायको ध्यानाकर्षण

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छिन् ।

    images

    न्युयोर्कमा एक बैठकलाई सम्बोधन गर्दै मन्त्री राणाले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन् । उनले नेपाल विपिन जोशीको स्वागतका लागि प्रतिक्षामा रहेको उल्लेख गर्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गरेकी हुन् ।

    उनले नेपाल सरकारले हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको पटकपटक माग गर्दै आएको बताइन् । गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतंककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए । 

    images

    सम्बोधनका क्रममा मन्त्री राणाले विश्वमा हाल शान्ति स्थापनाका लागि सामूहिक पहलको खाँचो रहेको पनि औँल्याइन् । विभिन्न नाम र बहानामा विश्वका कैयौँ ठाउँमा अहिले पनि युद्व, विद्रोह तथा हिंसाजन्य कार्यहरू भइरहेकाले हत्या हिंसाको अन्त्य र शान्तिको स्थापनाका लागि विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । 

  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री
  • # आरजु
  • # विपिन जोशी