आइतबार, कार्तिक १६ गते २०८३
images
images

त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन

एक्सप्रेस पाना
आश्विन ८, २०८१ मंगलबार
  • 267
    SHARES
  • त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी हब २२०÷१३२÷३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

    images

    मंगलबार सबस्टेशनको स्थलगत निरीक्षण गर्दै उनले प्रसारण लाइन विस्तारका क्रममा उत्पन्न समस्या समाधान गरी चाँडो काम पूरा गर्न निर्देशन दिएका हुन् ।
    ऊर्जामन्त्री खड्काले प्रसारण लाइन विस्तारको काम ढिलाइ हुँदा राज्यले दैनिक ठूलो घाटा व्यहोर्नु परेको भन्दै जनशक्ति थप गरेर भए पनि चाँडो काम सम्पन्न गर्न आग्रह गरे । 

    मन्त्री खड्काले भने,‘सब स्टेशन निर्माण र चिलिमे जलविद्युत् आयोजनाबाट त्रिशूली थ्री बी हब सबस्टेशनमा ल्याउनका लागि निर्माण गरिएको प्रसारण लाइन चाँडो सम्पन्न गर्नेगरी काम गर्नुहोस्,’ 

    images

    त्रिशूली थ्री बी हब २२०÷१३२÷३३ केभी सबस्टेशनको काम अन्तिम चरणमा छ भने चिलिमेबाट उक्त सबस्टेशनमा जोड्ने प्रसारण लाइनको काम मैलुङ क्षेत्रमा रोकिएको छ ।

    यसैबीच, आजै मन्त्री खड्काले रसुवाको उत्तरगया गाउँपालिकामा रहेको त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # दीपक खड्का
  • # त्रिशूली थ्री बी