आइतबार, कार्तिक १६ गते २०८३
images
images

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

एक्सप्रेस पाना
आश्विन ९, २०८१ बुधबार
  • 206
    SHARES
  • स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ ।

    images

    आयोगले बुधबार एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दल दर्ताका लागि अनुरोध गरेको हो ।

    आयोगले दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको हो ।

    images

  • सम्बन्धित विषय:

  • # दल दर्ता