आइतबार, भाद्र २८ गते २०८३
images

कति छ आज विदेशी मुद्राहरुको विनिमय दर?

एक्सप्रेस पाना
आश्विन १०, २०८१ बिहीबार
  • 316
    SHARES
  • कति छ आज विदेशी मुद्राहरुको विनिमय दर?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

    images

    आज अमेरिकी डलर, पाउन्ड, दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ भने युरो, अस्ट्रेलियन डलरसहितका कतिपय मुद्रा महँगिएका छन्। 

    राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ०६ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १९ पैसा थियो। 

    images

    त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४९ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ९४ पैसा कायम भएको छ भने बेलायति पाउण्ड एकको खरिददर एक सय ७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। 

    आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा निर्धारण भएको छ भने कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ २१ पैसा कायम भएको छ। 

    आज बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ०८ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ६७ पैसा कायम भएको छ। 

    Screenshot_2024-09-26_050525_toqNv85vJ1.png

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा