आइतबार, कार्तिक १६ गते २०८३
images
images

स्थानीय तहको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला

एक्सप्रेस पाना
आश्विन १०, २०८१ बिहीबार
  • 399
    SHARES
  • स्थानीय तहको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला

    काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरेको छ। 

    images

    आयोगका अनुसार उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले आज अर्थात् असोज १० देखि असोज १६ गतेसम्म दल दर्ता गर्न सक्नेछन्। 

    आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्य उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र निवेदन दिन आग्रह गरेको हो। 

    images


    दलहरूले निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा कान्तिपथस्थित आयोगको कार्यालयमा निवेदन दिनसक्ने उपन्यायाधिवक्ता केदार कुमार अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ। 

    स्थानीय तहमा रिक्त भएका पदमा नयाँ जनप्रतिनिधि ल्याउन सरकारले आउँदो मंसिर १६ गते उपनिर्वाचन गर्न लागिएको हो । 

     

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • # दल दर्ता
  • # स्थानीय तहको उपनिर्वाचन