आइतबार, कार्तिक १६ गते २०८३
images
images

बाढी,पहिरो लगायतका विपद्‍मापरी हालसम्म १९२ जनाको मृत्यु

एक्सप्रेस पाना
आश्विन १४, २०८१ सोमबार
  • 318
    SHARES
  • बाढी,पहिरो लगायतका विपद्‍मापरी हालसम्म १९२ जनाको मृत्यु

    काठमाडौं । अविरल वर्षाका कारण  बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् ।

    images

    प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।


    उनका अनुसार बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको छ ।

    images


    बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

    सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए ।

     

     

  • सम्बन्धित विषय:

  • # मनसुनजन्य विपद्‍