आइतबार, भाद्र २८ गते २०८३
images

कति छ आज विदेशी मुद्राहरुको विनिमय दर ?

एक्सप्रेस पाना
आश्विन १४, २०८१ सोमबार
  • 269
    SHARES
  • कति छ आज विदेशी मुद्राहरुको विनिमय दर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।

    त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४९ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८५ पैसा कायम भएको छ भने बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। 

    images

    आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ भने कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ११ पैसा कायम भएको छ। 

    त्यसैगरी आज बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ४६ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ०५ पैसा कायम भएको छ। 

    mo.jpg

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा