काठमाडौं । सरकारले इन्धनको मूल्य घटाउको छ ।
नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।
सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु. एक, डिजेलमा रु. दुई, हवाई इन्धनमा आन्तरिकमा रु. छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु. ४५, मट्टीतेलमा रु. दुई घटाइएको छ ।
एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु. ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ।
इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ।

.jpg)


