सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्राकृतिक विपद् तथा राहत कोषमा एमालले ५० लाख जम्मा गर्ने

एक्सप्रेस पाना
आश्विन १५, २०८१ मंगलबार
  • 274
    SHARES
  • प्राकृतिक विपद् तथा राहत कोषमा एमालले ५० लाख जम्मा गर्ने

    काठमाडौं । नेकपा एमालले नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । 

    images

    मंगलबार केन्द्रीय सचिवालयको बैठकले नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । 

    मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रूपमा एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।

    images

    बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आह्वान पनि गरेको उनको सचिवालयले जनाएको छ।

    एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ।

     

  • सम्बन्धित विषय:

  • # राहत कोष
  • # प्राकृतिक विपद्