मंगलबार, भाद्र २३ गते २०८३
images

सरकारको निर्णय विपरित रात्रिबस सञ्चालनमा आएको विषय छानबिन गर्नुपर्छ:गगन थापा

एक्सप्रेस पाना
आश्विन १५, २०८१ मंगलबार
  • 264
    SHARES
  • सरकारको निर्णय विपरित रात्रिबस सञ्चालनमा आएको विषय छानबिन गर्नुपर्छ:गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले रात्रिबस सञ्चालनमा रोक लगाउँदा लगाउँदै पनि बस सञ्चालनमा आएकोमा छानबिन गनुपर्ने बताएका छन् ।  

    images

    मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले विपद्को पूर्वतयारीस्वरुप रात्रिबस सञ्चालन नगर्न निर्देशन गरेको भएपनि रात्रिबस सञ्चालन भएको भन्दै यस बारेमा छानविनको माग गरेका हुन् । 

    थापाले सरकारको निर्णय विपरित रात्रिबस सञ्चालन भएको विषयलाई कसैले जिम्मा लिनुपर्ने बताए।

    images

    उनले भने,‘गृहमन्त्रीलाई म ध्यानाकर्षण गराउन चाहन्छु, रात्रिबस सञ्चालन नगर्ने भनेर निर्णय भएको एकातिर देखिन्छ। अर्कोतिर रात्रि बस सञ्चालन भएको देखिन्छ। यसको कसै न कसैले जिम्मा लिनुपर्छ। छलफलको विषय मात्रै भएर हुँदैन,’।

  • सम्बन्धित विषय:

  • # गगन थापा