आइतबार, कार्तिक १६ गते २०८३
images
images

कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना रहेकाल ‘हाइ अलर्ट’मा रहन गृहमन्त्रीको निर्देशन

एक्सप्रेस पाना
आश्विन १६, २०८१ बुधबार
  • 344
    SHARES
  • कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना रहेकाल ‘हाइ अलर्ट’मा रहन  गृहमन्त्रीको निर्देशन

    काठमाडौं । कोशी र बागमती प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार ‘हाइ अलर्ट’मा रहन गृहमन्त्री रमेश लेखकले सबै निकायलाई निर्देशन दिएका छन्।

    images

    गृहमन्त्री लेखकले आज र भोलि देशका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले सोही अनुसार सतर्कता अपनाउन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरूलाई निर्देशन दिएका हुन्।


    उनले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

    images

    उनले भने,‘वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई अलर्ट रहन निर्देशन दिएको छु’, 

  • सम्बन्धित विषय:

  • # रमेश लेखक
  • # गृहमन्त्री