आइतबार, कार्तिक १६ गते २०८३
images
images

बाढीपहिरो पीडितलाई छिटो भन्दा छिटो राहत उपलब्ध गराउने गृहमन्त्रीको प्रतिबद्धता

एक्सप्रेस पाना
आश्विन २०, २०८१ आइतबार
  • 321
    SHARES
  • बाढीपहिरो पीडितलाई छिटो भन्दा छिटो राहत उपलब्ध गराउने गृहमन्त्रीको प्रतिबद्धता

    काठमाडौंं । गृहमन्त्री रमेश लेखकले बाढीपहिरो पीडितलाई सकेसम्म छिटो राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । 

    images

    आइतबार ललितपुरको गोदावरीमा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै उनले जिल्ला प्रशासन कार्यालय र सुरक्षा समितिलाई तत्काल लाभग्राहीहरुको विवरण पठाउन निर्देशन दिएका हुन् ।

    उनले बाढीपहिरोबाट उत्पन्न समस्यालाई गम्भीरतापूर्वक लिएको बताउँदै राहत वितरणको कार्य तीव्र पारिने बताए ।

    images

    लेखकले भने, “सरकारले बाढीपहिरोबाट उत्पन्न समस्यालाई गम्भीरतापूर्वक लिएको छ । सकेसम्म छिटो उद्धार तथा राहत सामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउनु हाम्रो दायित्व हो । खोजी तथा उद्धार कार्य निरन्तर जारी छ। ”

    बाढीपहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएकोले यकिन विवरण सङ्कलन गर्न सबै पक्षलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै उनले घाइतेको निःशुल्क उपचार सरकारको जिम्मामा रहेको स्पष्ट पारे ।

     

     

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री रमेश लेखक
  • # बाढीपहिरो