सोमबार, कार्तिक १७ गते २०८३
images
images

दक्षिणकाली मन्दिरमा पुगेर राष्ट्रपतिले गरे पूजाअर्चना

एक्सप्रेस पाना
आश्विन २१, २०८१ सोमबार
  • 259
    SHARES
  • दक्षिणकाली मन्दिरमा पुगेर राष्ट्रपतिले गरे पूजाअर्चना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँको अवसरमा दक्षिणकाली मन्दिरमा पुगेर पूजाअर्चना गरेका छन्। 

    images

    सोमबार बिहान पौडेलको साथमा उनकी पत्नी सबिता पौडेल पनि दक्षिणकाली पुगेर पूजाअर्चना गरेका हुन् । सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर  क्षेत्रको पुनःनिर्माणमा सहयोगका लागि आग्रह गरे। 

    साथै उनले काठमाडौँ–मकवानपुरको सडक छिटो पुनःनिर्माण गरी  निर्वाध यातायात सञ्चालनको हुनुपर्नेमा जोड दिए। 

    images

    राष्ट्रपति पौडेलले बाढी पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताए।