सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री प्रकोप उद्धार कोषमा  स्वदेशी र विदेशी जलविद्युत् तथा वित्तीय संस्थाहरुको सहयोग

एक्सप्रेस पाना
आश्विन २१, २०८१ सोमबार
  • 236
    SHARES
  • प्रधानमन्त्री  प्रकोप उद्धार कोषमा  स्वदेशी र विदेशी जलविद्युत् तथा वित्तीय संस्थाहरुको सहयोग

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरुले सहयोग गरेका छन् ।

    images

    सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा छिमेकी भारतको सबैभन्दा ठुलो जलविद्युत कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट रु १ करोड, अरुण तेस्रो जलविद्युत आयोजना लिमिटेडका प्रमुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट रु १ करोड, प्रभु बैँकका अध्यक्ष देवीप्रसाद भट्टचनबाट रु १ करोड र प्राइम कमर्सियल बैँकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट रु ३१ लाखको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । 

    यसैगरी प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट रु २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट रु २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट रु २५ लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ । 

    images

    प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकामा सबैमा धन्यवाद दिए ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री प्रकोप उद्धार कोष