आइतबार, कार्तिक १६ गते २०८३
images
images

यस्ता छन् आजका मन्त्रिपरिषद्का निर्णय

एक्सप्रेस पाना
आश्विन १९, २०७८ मंगलबार
  • 378
    SHARES
  • यस्ता छन् आजका मन्त्रिपरिषद्का निर्णय

    असोज १९ काठमाडौं । सरकारले असंलग्न आन्दोलनको कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ ।

    images

    आज बसेको मन्त्रिपरिषद् बैठकले यही २४ देखि २८ असोजसम्म हुने असंलग्न आन्दोलन, कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा. खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    यस्तै, बैठकले नेपाल प्रशासन सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)मा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय पनि गरेको छ । 

    images

    उनका अनुसार बैठकले रोजगार अनुमति प्रणाली संचालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका, २०७८ लाई स्वीकृत गरेको छ । 

    यस्तै, वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्याधिवक्ता डा. गोपीचन्द्र भट्टराईलाई र ऋण असुली न्यायाधीकरणको कानुन सदस्य पदमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्त गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए । 

    विद्युतीय राहदानीको बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू स्वीकृत गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए ।