सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेसको खेलकुद विभागमा १० सदस्य मनोनित

एक्सप्रेस पाना
आश्विन २३, २०८१ बुधबार
  • 231
    SHARES
  • कांग्रेसको खेलकुद विभागमा १० सदस्य मनोनित

    काठमाडौं । नेपाली काँग्रेसको खेलकुद विभागमा १० जना नयाँ सदस्य मनोनयन गरिएको छ ।

    images

    पार्टी केन्द्रीय सदस्य उमेशजंग रायमाझी प्रमुख रहेको खेलकुद विभागको सदस्यमा १० जना मनोनयन गरिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम १० जना नयाँ सदस्य मनोनयन गरेका हुन् ।

    images

    मनोनयन भएका सदस्यहरुमा माधवराज भण्डारी मोरङबाट, कानन चौधरी सप्तरी,राजिव श्रेष्ठ काठमाडौं,गोपी भट्टराई कास्की,कुमार के.सी.रुपन्देही, रेशमबहादुर गुरुङ सुर्खेत,भानबहादुर चन्द, कञ्चनपुर,गोमादेवी पौडेल, काठमाडौं, दिपराज गुरुङ, झापा, बिक्रम खड्गी काठमाडौंबाट रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # खेलकुद विभाग