काठमाडौं । अविरल वर्षा र बाढीपहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधन सञ्चालन गरिने भएको छ ।
सडक डिभिजन भक्तपुरले सोमबार सूचना जारी गरी रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने बताएको हो ।
रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधन मंगलबार (भोलि)देखि सञ्चालन गर्न योग्य हुने सडक डिभिजनले जनाएको छ ।
साथै, सडक डिभिजनले उक्त सडकखण्डमा सुक्खा पहिरो झर्ने सम्भावना रहेकाले रातिको समयमा यात्रा नगर्न अनुरोध समेत गरेको छ ।
.jpg)


