काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७ पैसा थियो।
त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४६ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ७० पैसा कायम भएको छ भने बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ र बिक्रीदर ९० रुपैयाँ ०४ पैसा निर्धारण भएको छ भने कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३३ पैसा कायम भएको छ।



