काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले निरन्तर नयाँ रेकर्ड बनाएको छ ।
शुक्रबार सुनको मूल्य २ हजार रुपैयाँले प्रतितोला १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार सुन प्रतितोला १ लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आजका लागि निर्धारित मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो ।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ८० रुपैयाँ तोकिएको छ । बिहीबार १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


