सोमबार, कार्तिक १७ गते २०८३
images
images

रास्वपा सभापति लामिछाने पक्राउ पर्नसक्छन् :अध्यक्ष दाहाल

एक्सप्रेस पाना
कार्तिक २, २०८१ शुक्रबार
  • 297
    SHARES
  • रास्वपा सभापति लामिछाने पक्राउ पर्नसक्छन् :अध्यक्ष दाहाल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सहकारीको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् । 

    images

    शुक्रबार बिहान बसेको प्रमुख प्रतिपक्षी दलहरूको बैठकमा हिजो प्रधानमन्त्रीसँगको भेटबारे ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले रास्वपा सभापति लामिछाने पक्राउ पर्नसक्ने सूचना आफूले पाएको ब्रिफिङ गरेका हुन् । 

    बैठकमा सहभागी एक नेताका अनुसार बिहीबार बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वगृहमन्त्री लामिछाने पक्राउ पर्न सक्ने संकेत गरेको प्रचण्डले बैठकमा बताएका थिए । 

    images

    उनले भने, ‘अहिले रविजी पक्राउ पर्दै हुनुहुन्छ रे भनेर चर्चा भइरहेको छ, ‘राज्यले उहाँलाई पक्रिन सक्छ ।’

    विपक्षी दलहरूले भने रविलाई पक्राउ गरे प्रतिवाद गर्ने निर्णय गरेका छन् । 

    सहकारी छानबिन विशेष समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई,तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो । तीमध्ये जोशीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # अध्यक्ष पुष्पकमल दाहाल