सोमबार, कार्तिक १७ गते २०८३
images
images

पक्राउ पुर्जी जारी भएपछि रविले भने 'सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो'

एक्सप्रेस पाना
कार्तिक २, २०८१ शुक्रबार
  • 247
    SHARES
  • पक्राउ पुर्जी जारी भएपछि रविले भने 'सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो'

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी रकम अपचलन गरेको आरोपमा प्रक्राउ गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । पक्राउ पुर्जी जारी भएपछि पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा समर्थक जम्मा भएका छन् । काठमाडौं वनस्थलीमा रहेको पार्टी कार्यालय परिसरमा अहिले धेरै संख्यामा प्रहरी परिचालन भएका छन्

    images

    यसैबिच सभापति लामिछानेले सामाजीक सञ्जालमा एक स्टाटस लेख्दै सरकार मरेको र आफुलाई जुठो परेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै भनेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ? तपाई  बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ?’

    उनले भ्रष्टाचारी समाउन आफुले प्रधानमन्त्रीको अफर लत्याएको समेत उल्लेख गरेका छन्, उनले भनेका छन्,ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै  भ्रष्टाचारी जोगाउन  तपाईले  त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।

    images

    22.png