काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
शुक्रबार साझँ पार्टी कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सभापति लामिछानेलाई पक्राउ गरेको हो ।
सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरिएको हो ।
शुक्रबार कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो । लामिछानेलाई पक्राउ गरेर कास्की लगिएको छ ।
.jpg)


