मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत लगिँदै

एक्सप्रेस पाना
कार्तिक ४, २०८१ आइतबार
  • 389
    SHARES
  • रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत लगिँदै

    काठमाडौं । सहकारी रकम अपचलनमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत लगिँदैछ। 

    images

    हिजो शनिबार बिदा परेका कारण लामिछानेलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो। उनलाई म्याद थपका लागि अदालत लगिने भएको हो। 

    शुक्रवार साँझ पार्टी कार्यालयबाटै पक्राउ गरेर लामिछानेलाई पोखरा लगिएका थियो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो। लामिछानेलाई ठगी र संगठित अपराधमा अनुसन्धान गर्नका लागि शुक्रबार अदालतले पक्राउ गर्न अनुमति दिएको थियो। 

    images

    सभापति पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिजो काठमाडौँ, पोखरासहित देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको थियो।

    सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको आरोप रास्वपाले लगाएको छ। 

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने