आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले डा.महतसहितको टोली भारत पठाउँदै

एक्सप्रेस पाना
आश्विन २०, २०७८ बुधबार
  • 348
    SHARES
  • प्रधानमन्त्री देउवाले डा.महतसहितको टोली भारत पठाउँदै

    असोज २० काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसहितको टोली मित्र राष्ट्र भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी  (बिजेपी(को निमन्त्रणमा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली भोलि भारत भ्रमणमा जान लागेको हो ।

    images

    भ्रमण टोलीमा पूर्व राज्यमन्त्री उदयशमशेर राणा र नेता अजय चौरसिया सहभागी हुने बुझिएको छ । चार दिने सद्भाव भ्रमणका क्रममा नेताहरूले बिजेपीका सभापति, महासचिव तथा भारतका परराष्ट्र मन्त्रीलगायतसँग भेट्ने कार्यक्रम रहेको नेता राणाले बताए ।

    भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताए । गत अगष्टमा भाजपका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएको बेला कांग्रेसलाई भारत भ्रमणको निम्तो दिएका थिए ।

    images

    पछिल्लोपटक भाजपाले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा यतिवेला भारतसँगको सम्बन्ध सुधारमा लागेका छन् । देउवा प्रधामन्त्री भएको तीन महिना पुग्न लाग्दा पनि भारतले भ्रमणको निम्तो दिएको छैन ।न्युज कारखाना