काठमाडौं । सहकारी रकम अपचलनमा पक्राउपछि म्याद थपका लागि कास्की जिल्ला अदालत पुर्याइएका रवि लामिछानेले केपी शर्मा ओलीको सरकार रहुन्जेल जनताले दुःख पाउने बताएका छन्।
आइतबार अदालत पुर्याइएका रास्वपा सभापति लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘म न्यायीक प्रक्रियामा सघाउन आएको छु । झुटा मुद्दामा फसाउने काम भइरहेको छ । यो सरकार नढलेसम्म यस्तै हर्कत गरिरहन्छ । अन्यायवादी सरकारका विरुद्ध देशैभरबाट सडकमा निस्कनुपर्छ । केपी ओलीको सरकारविरुद्ध उत्रन म सबैलाई आह्वान गर्दछु।’ सबैले सडकबाटै दबाब दिन म अनुरोध गर्दछु । ”
ओली सरकारले निर्दोष मान्छेलाई झुठा मुद्दा लगाउने काम गरेको उनले आरोप लगाए।
.jpg)


